२९ असार २०८३, सोमबार

विवाह गर्दै रश्मिका र विजय

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्ततः बलिउड अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दानाको बिहे पक्का भएको छ । विभिन्न हल्ला चलिरहेको बेला दुवैले सामाजिक सञ्जालमार्फत विवाह गर्न लागेको सार्वजनिक गरेका छन् ।

लामो समयदेखि विजय र रश्मिका प्रेमसम्बन्धमा छन् । दुवैले इन्स्टाग्राम स्टोरीमार्फत सुन्दर नोट सेयर गर्दैं विवाहबारे औपचारिक जानकारी दिएका हुन् ।

उनीहरूले फ्यानहरूले दिएको विरोश नामप्रति आभार व्यक्त गरेका छन् । ‘हाम्रा प्रियजनहरू, हामीले कुनै योजना बनाउनु वा आफ्नो लागि केही निर्णय गर्नु अघि नै तपाईं हामीसँगै हुनुहुन्थ्यो । तपाईंले हामीलाई धेरै मायाका साथ विरोश नाम दिनुभयो । त्यसैले आज हाम्रो सम्पूर्ण हृदयले, हामी तपाईंको सम्मानमा हाम्रो मिलनको नामकरण गर्दै छौँ । हामी यसलाई विरोशको विवाह भन्दै छौँ । हामीलाई यति धेरै माया दिनुभएकोमा धन्यवाद । तपाईं सधैं हाम्रो हिस्सा रहनुहुनेछ। धेरै धेरै माया,’ नोटमा भनिएको छ ।

रश्मिका र विजयको विवाह यही २६ फेब्रुअरीमा भारतको राजस्थानस्थित उदयपुरमा हुनेछ । पारिवारिक सदस्य र निकट साथीहरूको उपस्थितिमा ऐतिहासिक महलमा विवाह हुन लागेको भारतीय मिडियाले लेखेका छन् । उनीहरूले बिहेको पृष्टि गरेसँगै चलचित्रकर्मी तथा फ्यानले बधाईं दिइरहेका छन् ।

सन् २०१८ मा रिलिज भएको ‘गीता गोविन्दम’ रश्मिका र विजय एकसाथ देखिएका थिए । त्यसपछि सन् २०१९ मा ‘डियर कमरेड’ मा एकसाथ देखिएका उनीहरूको जोडीलाई दर्शकले निकै मन पराए। त्यसबेलादेखि नै उनीहरू निकट भएको बताइन्छ ।