३० आश्विन २०८३, शुक्रबार

सही कुराका लागि मात्रै मेरो जिद्दी हो : ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू सधैँ सही कुराका लागि मात्रै अडिग रहने गरेको दाबी गरेका छन् ।

आफ्नो किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको हुटहुटी बोकेर हिँडेको बताउँदै ओलीले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ आफू मैदानमा होमिएको उल्लेख गरे । उनले एमालेलाई देशको प्रमुख शक्ति बनाउने आफ्नो अर्को ठूलो लक्ष्य रहेको र त्यसलाई पूरा गरेरै छाडेको दाबी गरे ।

नेपालमा दुई तिहाइ हैसियतको पार्टी निर्माण गरेको भए पनि त्यसलाई सहन नसक्नेहरूले फुटाएको उनको भनाइ छ । आफूमाथि लाग्ने ‘जिद्दी’ को आरोपबारे स्पष्ट पार्दै उनले आफू कहिल्यै पनि गलत वा नराम्रो कुरामा जिद्दी नगर्ने बताए ।

उनले भने, “मलाई जिद्दी गर्छ भन्ने आरोप छ । नराम्रो कुरामा कहिल्यै पनि जिद्दी गर्दिनँ, गलत कुरामा कहिल्यै पनि जिद्दी गर्दिनँ, सही कुरामा मात्रै जिद्दी गरेको हुन्छु ।”

संघर्षशील जिन्दगी रमाइलो नहुने तर सही कामका लागि गरिने संघर्षको अन्त्य सुखद हुने उनको तर्क छ ।