९ कार्तिक २०८३, सोमबार

सवारी दुर्घटनामा एकको मृत्यु, एक जना गम्भीर घाइते

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

आज बिहान गैँडाकोट नगरपालिका–७ जानकी ग्यास अगाडि पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी देवचुली नगरपालिका–११ बस्ने १८ वर्षीय बिजेन पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

कावासोती नगरपालिका–१७ बस्ने १७ वर्षको राज विक गम्भीर घाइते भएका छन् ।

गैँडाकोटबाट रजहर तर्फ जाँदै गरेको ना ६३ प ९३९० नं को मोटरसाइकल डिभाइडरमा ठक्कर खाइ पल्टिँन जाँदा सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ४४६१ नं को बसले सोही मोटरसाइकललाई ठक्कर दिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

दुर्घटनामा परी मोटरसाइकल चालक र पछाडि सवार दुवै जनालाई गम्भीर अवस्थामा उपचारको लागि अस्पताल लगिएको थियो । उपचारको क्रममा मोटरसाइकल चालक बिजेन पुलामीलाई चिकित्सकले मृत घोषण गरेका हुन् । अर्का घाइतेको उपचार भइरहेको छ । रासस