१७ असार २०८३, बुधबार

एनभीएफ कोशी प्रदेशस्तरीय भेला आज, अध्यक्ष ओलीले सम्बोधन गर्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । नेकपा (एमाले)को नवगठित युवा संगठन नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)को कोशी प्रदेशस्तरीय भेला आज झापाको दमकमा हुँदैछ ।

अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भेलामा प्रदेशका विभिन्न जिल्लाबाट फोर्सका कार्यकर्ता सहभागी हुने जनाइएको छ ।

फोर्सका कोशी प्रदेश संयोजक राजकुमार थापाका अनुसार करिब ५० हजार युवालाई आज दमकमा उतार्ने तयारी गरिएको छ । थापाका अनुसार झापा–५ का जनताहरुको पनि उल्लेख्य उपस्थिति हुने सभामा जनगायक बैकुण्ठ महतको टिमले विविध साँस्कृतिका कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी गरेको छ ।

दमक–७ स्थित पशु हाटमा हुने सभा बिहान ११ बजे सुरु हुने आयोजकले जनाएको छ ।

सभालाई फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठले पनि सम्बोधन गर्नेछन् ।