काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी छाडेका छन् । उनी नेपाली कांग्रेस फर्किएका हुन् ।
पराजुलीलाई कांग्रेस सभापति गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा सोमबार बिहान पार्टीमा स्वागत गरेको उनी निकट एक नेताले जानकारी दिए ।
पराजुली आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वापाबाट टिकट नपाएपछि असन्तुष्ट थिए । पराजुलीले यसअघि २०७९ मा भएको निर्वाचनमा मकवानपुर–२ बाट १२ हजारभन्दा बढी मत प्राप्त गरेका थिए ।
पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर–२ का चुनावी संयोजक निराजन बर्तौला पनि कांग्रेसमा फर्किएको बताइएको छ ।















प्रतिक्रिया