काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले धादिङ दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली दिँदै उनीहरुका परिवारमा समवेदना व्यक्त गरे । अध्यक्ष ओलीले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
पोखराबाट काठमाडौं आउदै गरेको बस गएराति धादिङको भैंसीगौंडास्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा हालसम्म १८ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा यात्रु घाइते भएका छन् ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष ओलीले लेखेका छन्– पोखराबाट काठमाडौंतर्फ यात्रा गरेको यात्रुबाहक बस धादिङको भैंसीगाडास्थित पृथ्वी राजमार्गमा मध्यराती दुर्घटनामा परेर १७ जनाको ज्यान गएको खबरले मर्माहत बनाएको छ । दुर्घटनामा जीवन गुमाउनु भएका यात्रुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेशना व्यक्त गर्दछु । घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना ।









प्रतिक्रिया