२८ जेष्ठ २०८३, बिहिबार

दक्षिण अफ्रिकासँग भारत ७६ रनले पराजित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत जारी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकासँग पराजित भएको छ ।

गएराति सम्पन्न जारी विश्वकपको सुपर आठअन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछाएको भारत १८.५ ओभरमा अलआउट हुँदै केवल १११ रन मात्र बनाएको थियो ।

भारतका लागि शिभम दुवेले सर्वाधिक ४२ रन बनाए भने हार्दिक पाण्डेय र कप्तान सूर्यकुमार यादवले १८–१८ रन बनाएका थिए ।

त्यस्तै, दक्षिण अफ्रिकाका बलर मार्को जानसेनले ४ विकेट लिए भने केशव महाराजले ३ र कोर्बिन बोचले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ६३ रन बनाए भने ट्रिस्टन स्टब्सले अविजित ४४ तथा डेवाल्ड ब्रेभिसले ४५ रन बनाएका थिए ।

जारी विश्वकपको अर्को खेलमा बिहीबार दक्षिण अफ्रिकाले वेस्ट इन्डिजसँग खेल्नेछ भने भारतले जिम्बाबेसँग खेल्नेछ ।