काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा चुनाव चिन्हको भौतिक स्वरुप प्रयोग गर्न रोक लगाएको छ ।
आयोगका प्रवक्ता नारायण भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै भौतिक स्वरूपको चुनाव चिन्ह प्रयोग गरेको उजुरीका आधारमा सुरक्षा जोखिम रहेकाले प्रयोग नगर्न भनेका हुन् ।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव चिन्ह घण्टी भौतिकरुपमा प्रयोग गर्दै आएको थियो । आयोगको निर्देशनअनुसार अब रास्वपाले घण्टी बोकेर चुनाव प्रचारप्रसारमा जान पाउँदैन ।
आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता पालना गर्दै तोकिएको मापदण्डअनुसार झण्डा र चुनाव चिन्हमार्फत मात्र प्रचारप्रसार गर्न भनेको छ ।
















प्रतिक्रिया