तुलसीपुर । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ नेकपा (एमाले)का उम्मेदवार घनश्याम पाण्डेले स्वर्गद्धारी गुठी पीडित मोही किसानको हक, अधिकार सुनिश्चिताका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।
स्वर्गद्धारी गुठी पीडित मोही किसान संघर्ष समिति दाङले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० मा आयोजना गरेको संवाद तथा प्रतिबद्धता कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बताएका हुन् । पीडित मोही किसानहरूको न्यायपूर्ण माग सम्बोधन गर्ने उनले बताए ।
नेता पाण्डेले प्रतिनिधि सभामा निर्वाचित भएपछि गरिब, विपन्न तथा सुकुम्बासी समुदायको समस्या समाधान गर्नका लागि नीति निर्माणमा भूमिका खेल्ने बताए । त्यस अवसरमा उनले प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए ।
संघर्ष समितिले बुझाएको माग पत्र बुझ्दै पाण्डेले सामाजिक न्यायसँग जोडिएका हरेक मुद्दाको दीर्घकालीन समाधानका लागि राज्य, स्थानीय तह र समुदायबीच सहकार्य गर्ने आफ्नो प्रतिबद्धता रहेको बताएका थिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ राजापुरमा भएको कोणसभालाई सम्बोधन गर्दै नेता पाण्डेले सामाजिक न्यायसँग जोडिएका हरेक मुद्दाको दीर्घकालीन समाधानका लागि राज्य, स्थानीय तह र समुदायबीच सहकार्य गर्ने आफ्नो प्रतिबद्धता रहेको बताएका थिए ।
यसैबीच, एमाले दाङ निर्वाचन क्षेत्र ३ अन्तर्गत सबै वडाहरुमा घरदैलो तथा कोणसभाहरु भएका छन् । उम्मेदवार तथा नेता कार्यक्रर्ताको सहभागितामा जनताका बीचमा घरदैलो तथा सभाहरु भएको निर्वाचन परिचालन समितिका संयोजक श्याम डाँगीले जानकारी दिए ।
दंगीशरण गाउँपालिका वडा नम्बर ६ र ७ मा घरदैलोसँगै सभाहरु भएका छन् । त्यस अवसमा बोल्दै सूर्य ध्वजावाहक उम्मेदवार पाण्डेले जनताको हित हुनेगरी जनपक्षीय काम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
उत्तर वलीको ७ औं स्मृति दिवस
नेकपा (एमाले) दंगीशरण गाउँ कमिटीले स्वर्गिय उत्तरकुमार वलीको आज सातौं स्मृति दिवस मनाएको छ । एमालेका नेता तथा लुम्बिनी प्रदेश सभाका पूर्वसांसद वलीको स्मृति दिवसको अवसरमा उनकै निवास दंगीशरण ६ लेटारमा स्मृति सभाको कार्यक्रम गरेको हो ।

गाउँपालिका कमिटीका अध्यक्ष वसन्त वलीको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं समानुपातिक उमेदवार कोमल वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वलीले उत्तरकुमार वलीको योगदानबारे चर्चा गरिन् । उनले पश्चिम दाङमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन वलीले महत्वपूर्ण योगदान गरेको बताइन् ।
पार्टीमा संघर्षशीलता र जनताप्रतिको निष्ठाको राजनिति गर्दै पश्चिम दाङको समग्र विकासको खाका कोर्ने नेताको रुपमा वली परिचित भएको उनले चर्चा गरिन् । वली भौतिक रुपमा नभए पनि उनका योगदान आम जनतामा ताजै रहेको स्मरण गराउँदै उनको अकल्पनिय निधनले पार्टी र समाजमा ठूलो क्षति भएको उनले बताइन् ।
यस अवसरमा एमाले केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नम्बर ३ का प्रत्यक्षतर्फका उमेदवार घनश्याम पाण्डे, लुम्बिनी प्रदेश कमिटीका सदस्य सिमा न्यौपाने लगायतले स्वर्गिय वलीले पश्चिम दाङमा गरेको विकासको चर्चा गरेका थिए ।
कार्यक्रमको सहजीकरण गाउँ कमिटीका सचिव खुशीराम चौधरीले गरेका थिए । सवारी दुर्घटनामा परी गम्भिर घाइते भएका वलीको २०७५ फागुन १० गते उपचारकै क्रममा निधन भएको थियो ।
यस्तै, शान्ति नगरमा एमाले सम्पर्क कार्यालय रगैजामा स्मृति दिवस मनाइएको छ । एमाले शान्तिनगर गाउँ कमिटीका अध्यक्ष टिकाराम रिजालको अध्यक्षता तथा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा दाङ क्षेत्र नं. ३ का संयोजक कृष्ण भुषालको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अथिति भुषालले स्वर्गिय उत्तरकुमार वलीले दाङको विकास, संगठन सुदृढीकरण र जनतासँगको आत्मीय सम्बन्धका लागि पुर्याएको योगदानको स्मरण गर्दै उनको सरलता, इमान्दारिता र पार्टीप्रतिको समर्पण भावको उच्च प्रशंसा गरेका थिए ।









प्रतिक्रिया