काठमाडौं । होली पर्व नजिकिँदै गर्दा टाटा कमर्सियल गाडीका ग्राहकहरुका लागि आजदेखि १५ गतेसम्मका लागि होली सर्भिस क्याम्पको आयोजना गरिएको छ । यो क्याम्प सिप्रदीका २० वटा सर्भिस सेन्टरहरुमा एकैसाथ सञ्चालन हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार क्याम्पमा सहभागी ग्राहकका गाडीहरुको सुरक्षित यात्राको सुनिश्चितता प्रदान गर्नका लागि विशेष १० वटा प्वाइन्टहरु ब्रेक सिस्टम, कुलिङ सिस्टम, इन्जिन हेल्थ तथा ल्यूव्रिकेशन, टायर/व्हील सेफ्टी, इलेक्ट्रिकल सिस्टम, स्टेरिङ र सस्पेन्सन, क्लच र ट्रान्समिसन, क्याविन सेफ्टी, च्यासिस तथा अन्डरबडी चेक, इमरजेन्सी र सेफ्टीसम्बन्धी चेकअप सुविधाहरु रहेका छन् । यसले गाडीको कन्डिसनको बारेमा पूर्ण जानकारी प्रदान गर्दछ । यदि मर्मत तथा सम्भार गर्नुपर्ने अवस्था भएमा टाटा जेन्यूइन पार्ट्समा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट, ल्यूब्रिकेन्टमा २२ प्रतिशत छुटको र लेवर चार्जमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
सर्भिस प्याकेजमा दर्ता भएमा यही सुविधा एक वर्षसम्म पाउन सकिने व्यवस्था कम्पनीले गरेको छ । प्रि–सर्भिस बुकिङ गरी वर्कशप आउने भाग्यशाली तीन जान ग्राहकहरुलाई स्मार्ट फोन जित्ने अवसर पनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।
यस अवधिभरमा २००० भन्दा बढी गाडीहरुको चेकअप गर्ने लक्ष्य कम्पनीले लिएको छ ।








प्रतिक्रिया