१६ असार २०८३, मंगलबार

‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि सन्दीप लामिछानेले गरे नाम दर्ता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा हुने प्रतिष्ठित क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् ।

प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् ।

प्रतियोगिताको अक्सन आगामी मार्च ११ र १२ मा हुँदैछ ।

लामिछाने यसअघि सन् २०२१ मा ओभल इन्भिन्सिबल्सको टोलीमा १ लाख पाउन्ड मूल्यमा अनुबन्धित भएका थिए । तर सो समयमा उनले कुनै खेल खेलेका थिएनन् ।