काठमाडौं । सन् २०२६ को टी–२० विश्वकपको पहिलो चरणबाटै बाहिरिएको अष्ट्रेलियाले ओमानमाथि जित निकाल्दै विश्वकप समाप्त गरेको छ ।
शुक्रबार श्रीलंकाको पल्लेकेले रंगशालामा अष्ट्रेलियाले ओमानले दिएको १०५ रनको लक्ष्य एक विकेटको क्षतिमा पूरा गर्यो ।
ओमानले दिएको १०५ रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलियाले ९.४ ओभर (५८ बल)मा एक विकेट गुमाएर जित हात पारेको थियो ।
अष्ट्रेलियाको जितमा मिचेल मार्शले ३३ बलमा ७ चौका र ४ छक्कासहित अविजित ६४ रन बनाए । ट्राभिस हेडले १० बलमा ६ चौकासहित ३२ रन बनाए । जोश इन्ग्लिस ६ बलमा १२ रनमा अविजित रहे ।








प्रतिक्रिया