२९ आश्विन २०८३, बिहिबार

नायिका नीतिले कसिन् याञ्चितसँग लगनगाँठो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नायिका नीति शाह वैवाहिक बन्धनमा बाँधिएकी छन् । शुक्रबार उनले याञ्चित राणासँग काठमाडौंको एक होटेलमा विवाह गरेकी हुन् । उनीहरूले ‘कोर्ट म्यारिज’ भने यसअघि नै गरिसकेका थिए ।

उनी केही समयदेखि राणासँग प्रेम सम्बन्धमा थिइन् । नीतिको विवाहमा परिवारका सदस्य, आफन्तसँगै चलचित्र क्षेत्रका केही सीमित व्यक्तिलाई बोलाइएको थियो ।

सन् २०१७ मा ‘मिस इन्टरनेसनल नेपाल’को उपाधि जितेपछि नीति चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनको पहिलो चलचित्र ‘खजुरे ब्रो’ हो । अहिले भने उनले बाक्लै संख्यामा चलचित्रमा काम गर्न थालेकी छन् ।