३१ जेष्ठ २०८३, आइतबार

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने अखिलको चेतावनी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दाङमा रास्वपाका कार्यक्रताले एमाले पाटीको चुनाव चिन्ह अंकित झण्डा जलाएपछि एमालेको विद्यार्थी संगठन अखिलले कडा आन्दोलनको चेतावनी दिएको छ ।

दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा जलाएर लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा आघात पु¥याएको अखिलको भनाइ छ ।

अनेरास्ववियुका अध्यक्ष दीपक धामीले विज्ञप्ति जारी गर्दै राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक विशेषता भए पनि फरक आस्था र विचारप्रति असहिष्णुता प्रदर्शन गर्दै अरुको आस्थामा आक्रमण गर्नु लोकतान्त्रिक संस्कार विपरीत भएको बताएका छन् । घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न अखिलको माग छ ।

‘सरकार मौन बस्ने वा अराजकतालाई प्रश्रय दिने कार्य गरेमा अनेरास्ववियु सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिन चाहन्छ’, धामीले भनेका छन् ।