काठमाडौं । मकवानपुर–१ मा स्वतन्त्र उम्मेदवारी दिएका राकेशकुमार शर्माले २१ फागुनमा हुने भनिएको चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उम्मेदवार शर्माले सर्वपक्षीय सहमतिबिना हुने निर्वाचन बहिष्कार गरेको जानकारी गराएका हुन् ।
उनले सर्वपक्षीय सहमति, संवैधानिक स्पष्टता र राष्ट्रिय एकता सुनिश्चित नभएसम्म निर्वाचन प्रक्रियामा आफ्नो कुनै पनि प्रकारको सहभागिता नरहने जनाएका छन् ।
















प्रतिक्रिया