२१ असार २०८३, आइतबार

झण्डा जलाउनेलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन् : महासचिव पोखरेल

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको झण्डा जलाइएको घटनाप्रति आक्रोश व्यक्त गरेका छन् । नेकपा (एमाले)बाट दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया जनाउँदै यस्ता गतिविधिलाई अराजक र आपराधिक प्रवृत्तिको संज्ञा दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, “अराजकता र उदण्डता कुनै नयापन होइनन्, ती अपराध हुन् । झण्डा जलाएर अरूको आस्थामा चोट पुर्‍याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् ।”

पार्टीको झण्डा तथा चुनाव चिन्ह जलाइएको घटनापछि उम्मेदवार पोखरेलले यसलाई लोकतान्त्रिक अभ्यासविरुद्धको गतिविधि भएको उल्लेख गरेका छन् । उनले जनतालाई संयमित रहन र लोकतान्त्रिक प्रक्रियामार्फत यस्ता कार्यको जवाफ दिन आग्रह गरेका छन् ।

दाङ क्षेत्र नम्बर २ मा निर्वाचन प्रतिस्पर्धा तीव्र भइरहेका बेला भएको उक्त घटनाले स्थानीय राजनीतिक वातावरण तताएको छ । यस विषयमा अन्य दल तथा सरोकारवाला पक्षबाट पनि प्रतिक्रिया आउने क्रम जारी रहेको छ ।