३० आश्विन २०८३, शुक्रबार

बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफको सहयोग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बालाजु प्रहरी परिसरको भवन निर्माण कार्यमा आवश्यक निर्माण सामग्री सहयोग गरेको छ ।

एक औपचारिक हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं र प्रमुख जोखिम अधिकृत रोशन ज्ञवाली र आन्तरिक नियन्त्रण प्रमुख रोशन पौडेलको उपस्थितिमा १० लाख रुपैयाँ बराबरको निर्माण सामग्री बालाजु प्रहरी कार्यालयलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा बालाजु प्रहरी इकाई पुनर्निर्माण समितिको तर्फ़बाट अध्यक्ष शिवभक्त रंजित, कोषाध्यक्ष बेदप्रसाद पौडेल र प्रहरी नायब उपरीक्षक यल लाल बन्जाडेको उपस्थिति रहेको थियो ।

प्रहरी परिसर जस्तो सार्वजनिक सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने संस्थाको भौतिक पूर्वाधार सुदृढ हुनु आवश्यक रहेको भन्दै कम्पनीले यो सहयोग गरेको जनाएको छ । कम्पनीका प्रतिनिधिले सामाजिक सुरक्षाको आधार वित्तीय सुरक्षासँगै संस्थागत सुदृढीकरण पनि भएको उल्लेख गरे ।

बालाजु प्रहरी कार्यालयका प्रमुखले बीमा क्षेत्रको यस्तो सहयोगले सेवा प्रवाह थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले समुदाय र निजी क्षेत्रबीचको सहकार्यले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताए ।

सन नेपाल लाइफले बीमा व्यवसायसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । स्वास्थ्य, शिक्षा र सामुदायिक पूर्वाधार जस्ता क्षेत्रमा कम्पनीको सक्रिय सहभागिता देखिँदै आएको छ ।

हाल सन नेपाल लाइफ इन्स्योरेन्सको देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन् ।