२३ जेष्ठ २०८३, शनिबार

भारतमा आजबाट सामाजिक सञ्जाल प्लेटफर्मले डीपफेक फोटो र भिडियो हटाउनुपर्ने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा आजबाट सामाजिक सञ्जाल प्लेटफर्महरुले तीन घण्टाभित्र डीपफेक फोटो र भिडियो हटाउनुपर्ने भएको छ ।

फेसबुक, ट्वीटर, युट्युब, स्न्यापच्याट लगायतका सामाजिक सञ्जाल प्लेटफर्महरूले आजदेखि आफ्नो प्लेटफर्ममा सेयर गरिने एआई सामग्रीलाई लेबललिङ गर्नुपर्ने भएको हो । यसक्रममा यदि कसैले डीपफेक भिडियो वा फोटो अपलोड गरेको छ भने सामाजिक सञ्जाल प्लेटफर्महरुले त्यसलाई ३ घण्टाभित्र हटाउनुपर्नेछ ।

भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि नियम २०२१ संशोधन गरेको हो । मन्त्रालयले फेब्रुअरी १० मा प्लेटफर्महरूलाई नयाँ नियमहरू २० फेब्रुअरी (आज)देखि पालना गर्न निर्देशन दिने सूचना जारी गरेको थियो ।

नयाँ नियमहरू डिपफेक र एआई उत्पादन सामग्रीलाई लेबल र ट्रेस गर्न डिजाइन गरिएको हो । यससँगै अब एआई सामग्रीमा अब यो मौलिक होइन तर एआई प्रयोग गरेर सिर्जना गरिएको हो भनेर स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ । यसले गलत सूचना र चुनावी धोखाधडी जस्ता समस्याहरूलाई नियन्त्रण गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हालैको एआई समिटको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खाद्य वस्तुहरूमा ‘पोषण लेबल’भए जस्तै डिजिटल सामग्रीमा पनि स्पष्ट लेबल हुनुपर्ने बताएका थिए । उनका अनुसार यसले मानिसहरूलाई वास्तविक के हो र बनावटी के हो, अर्थात् एआईद्वारा सिर्जना गरिएको के हो भनेर छुट्याउन अनुमति दिनेछ ।