२९ असार २०८३, सोमबार

जेनजी घटनामा सामेल केही तत्वहरूले ‘नयाँ शक्ति’ को मुखुण्डो लगाएका छन् : केपी शर्मा ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन स्वतःस्फूर्त नभइ योजनाबद्व रहेको दोहोर्‍याएका छन् ।

आज घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ भनिएका पार्टीहरूको योजनामा घटना घटाइएको शंका व्यक्त गरे ।

उनले भने, एकचोटी दोहोर्‍याएर भन्छु, भदौ २४ गतेको महाविनाश अप्रत्यासित घटना होइन । नेपाल राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण हो । राष्ट्रका विरुद्ध यति ठूलो महाअपराधको अनुहार छोप्न त्यस घटनामा सामेल केही तत्वहरूले ‘नयाँ शक्ति’को मुखुण्डो लगाएका छन् । हामीले तिनलाई चिन्न ढिलो गर्नु हुँदैन,’ ।

अहिलेको अवस्थामा एमालेको पहिलो प्राथमिकता देश रहेको उल्लेख गर्दै उनले एमाले निर्माणका पक्षमा रहेको स्पष्ट पारे ।

उनले भने, उत्तेजनाको पक्षमा होइनौं। हामी स्वाधीनता र सार्वभौमसत्ताका रक्षक हौं, त्यसैले कस्तै आक्रमणको बेलामा पनि मौन बस्दैनौं। हामी भय र त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउन चाहन्छौं ।