२६ जेष्ठ २०८३, मंगलबार

झापा– २ को ‘इलेक्शन डिबेट’बाट पनि भाग्यो रास्वपा

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड । झापाको बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा आज विहान न्यूज २४ ले आयोजना गरेको निर्वाचन विशेष ‘इलेक्शन डिबेट’ मा रास्वापको उम्मेदवार अनुपस्थित भएपछि सहभागीले प्रश्नबाट भागेको भन्दै आलोचना गरेका छन् ।

विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु सहभागी भएको डिवेटमा रास्वपाको उम्मेदवार इन्दिरा राना मगर अनुपस्थित भएकी हुन् । रास्वपाको उम्मेदवार कार्यक्रममा सहभागी नभएपछि उनको खोजी गरेका थिए ।

झापामा भएका ३ वटा इलेक्शन डिवेटमा रास्वपाका उम्मेदवारहरु अनुपस्थित भएका छन् । झापा ५ मा बालेन शाह, क्षेत्र नं. ३ का प्रकाश पाठक र २ मा इन्दिरा राना मगर अनुपस्थित भएका हुन् । क्षेत्र नं. ३ मा जेसीजले डिवेटको आयोजना गरेको थियो ।

आज विहान भएको डिवेटमा नेपाली कांग्रेसको उम्मेदवार सरिता प्रसाई, एमालेका देवराज घिमिरे, नेकपाको धर्मशिला चापागाई, राप्रपाका भद्रप्रसाद नेपाल, श्रम संस्कृति पार्टीका केशव भण्डारी, नेकपा विप्लपका अर्जुन पाण्डे, स्वतन्त्र उम्मेदवार युवराज संग्रौला, उज्यालो पार्टीका चुडाकर्ण बेघा र जसपाका तिलक बहादुर राई (अभिषेक) उपस्थित रहेका थिए ।

डिवेटमा बसपार्कको ५१ विघाको समस्या, सुकुम्बासी समस्या, जेनजीको माग, चुरे दोहन लगायतका विषयहरुमा सहभागीहरुले प्रश्न गरेका थिए । राप्रपाका उम्मेदवार नेपालले संविधान खारेजी र राजा ल्याउने विषयमा बोलेपछि अन्य उम्मेदवारहरुले नै प्रतिकार गरेका थिए ।

रास्वपाको उम्मेदवार नआएको विषयमा सर्वसाधारणले चासो व्यक्त गरेपछि सो पार्टीका कार्यकर्ताहरुले जनताको प्रश्नलाई नै अपमान गर्दै प्रतिक्रिया दिइरहेका छन् ।