१७ असार २०८३, बुधबार

आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।

बुधबार निर्वाचन तयारीका विषयमा काठमाडौं निर्वाचन क्षेत्र नं. ३, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा फैलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचनाबाट सचेत रहन आग्रह गरे । उनले आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा लाग्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन अधिकारीहरूलाई निर्देशन समेत दिए ।

निरीक्षण टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य, जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराई र निर्वाचन अधिकृत चमिला भट्टराई लगायतको सहभागिता थियो ।

गृहमन्त्री अर्यालको टोलीले गोकर्णेश्वर माध्यमिक विद्यालय र श्री ओख्रेनी माध्यमिक विद्यालय, सुन्दरीजलमा रहेका मतदान केन्द्रको स्थलगत अनुगमन गरेको थियो । टोलीले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने मानव निर्मित धाप ड्यामको समेत निरीक्षण गरेको थियो ।