२४ असार २०८३, बुधबार

आईसीसी टी–२० विश्वकप: सुपर–८ मा पुग्ने सबै टोलीको टुंगो लाग्यो

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । आजको भएको समूह ‘ए’ को खेलमा नामिबियालाई हराउँदै पाकिस्तान अन्तिम टोलीको रूपमा सुपर ८ मा पुगेको हो ।

समूह ‘ए’ बाट पाकिस्तानसँगै भारत सुपर–८ मा पुग्दा समूह ‘बी’ बाट श्रीलंका र जिम्बाब्बे पुगे । समूह ‘सी’ बाट इंग्ल्याण्ड र वेष्ट इन्डिज र समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्यूजिल्याण्डले सुपर–८ मा स्थान पक्का गरेका हुन् ।

सुपर–८ को समूह–१ मा भारत, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र जिम्बाबे छन् भने समूह २ मा इंग्ल्यान्ड, न्यूजिल्याण्ड, पाकिस्तान र श्रीलंका छन् ।

बुधबार कोलोम्बोमा भएको खेलमा पाकिस्तानले नामिबियालाई १०२ रनले हरायो । पाकिस्तानले दिएको २०० रनको लक्ष्य पछ्याएको नामिबिया १७ ओभर ३ बलमा ९७ रनमा समेटियो ।