२७ जेष्ठ २०८३, बुधबार

पन्च इभीमा आकर्षक योजना, ७० प्रतिशत रिसेल ग्यारेन्टेड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले फेब्रुअरी महिनालाई लक्षित गर्दै टाटा पन्च इभीमा निकै आकर्षक योजना सार्वजनिक गरेको छ ।

कम्पनीले यस अवधिमा पन्च इभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा ल्याएको हो । यो योजना फेब्रुअरी महिनाभर टाटाको लोकप्रिय पन्च इभी खरिदमा मात्र लागू हुनेछ । कम्पनीका अनुसार पन्च इभी खरिद गरेपछि भविष्यमा त्यसको उचित मूल्य प्राप्त होस् भन्ने उद्देश्यले कम्पनीले यो उच्च रिसेल भ्यालुको सुनिश्चितता प्रदान गरेको हो ।

यो फेब्रुअरी महिनाभरि पन्च इभी खरिद गर्ने ग्राहकहरुले भविष्यमा टाटाको कुनै अरु गाडी साट्ने बेलामा ७० प्रतिशत ग्यारेन्टेड रिसेल पाउनेछन् । यसले अहिले पन्च इभी किन्ने ग्राहकहरुमा थप आत्मविश्वास बढ्ने कम्पनीको अपेक्षा रहेको छ । यो स्किमको विस्तृत जानकारी टाटा गाडीको नेपालभरि रहेको शो रुममा गएर बुझ्न सकिन्छ ।

अत्याधुनिक प्रविधि र प्रिमियम फिचर्ससहितको टाटा पन्च इभी नेपाली बाटोलाई सुहाउँदो भएकोले ग्राहकहरू माझ लोकप्रिय छ । फेब्रुअरी महिनाभित्र गाडी खरिद गरे पश्चात भविष्यमा उचित रिसेल मूल्यांकन पाउने हुँदा ग्राहकहरूले आर्थिक रूपमा ठूलो फाइदा लिनसक्ने सिप्रदीको विश्वास छ ।