३० आश्विन २०८३, शुक्रबार

रास्वपा मधेश प्रदेश संस्थापक सभापति ममता शर्माले छोडिन् पार्टी, यस्तो छ कारण

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले रास्वपा स्थापनाकालीन मूल्य, पार्टी विधान र प्रतिबद्धताविपरित गएको निष्कर्षसहित पार्टी छोडेको बताइन् ।

उनले रास्वपामा दिनरात खटिएका क्षमतवान सदस्यहरुको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलाप भएको आरोप लगाएकी छन् ।

‘संगठनमा दिनरात खटिएका क्षेमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरुमाथि आँच आउने परिस्थिति बनेको छः यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु ।’ उनले भनेकी छन्, ‘त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेश गर्दछु ।’