२ असार २०८३, मंगलबार

क्यासिनो लुटपाट प्रकरणमा १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको होटल हायातमा सञ्चालित क्यासिनो प्राइडमा लुटपाट र तोडफोड घटनामा संलग्न रहेको आरोप लागेका १० जनालाई अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।

प्रहरी अनुसन्धानअनुसार आरोपित समूहले योजनाबद्ध रूपमा क्यासिनोमा प्रवेश गरी उपद्रव मच्चाउँदै लुटपाट गरेको आरोप छ। उनीहरूमाथि आपराधिक उपद्रव तथा डाँका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो।

काठमाडौं जिल्ला अदालतको आदेशपछि सबै प्रतिवादीलाई थुनामा राखेर थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी अनुसन्धान भने जारी रहेको छ।