२ असार २०८३, मंगलबार

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ (तस्वीरहरूसहित)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको छ ।

साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदाइ गरेको हो । बिदाइका लागि संस्थानले करिब ३० लाख बजेट छुट्याएको थियो ।

रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधुसन्तलाई आएकै दिन बाँडिएको थियो।

जसमा कार्ड बाँडिएका मध्ये रातो कार्ड भएका साधुसन्तलाई ११ हजार, प्याजी कार्ड भएका साधुसन्तलाई ६ हजार, निलो ४ हजार, पहेंलो २५ सय, हरियो ११ सय, गुलाबि ५५१,सेतो कार्ड भएकालाई २०० रूपैयाँ दक्षिणा साधुसन्तलाई प्रदान गरिएको छ ।

तस्वीरहरू–