झापा । धरानका पूर्व मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर एवम् झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन साहप्रति कडा कटाक्ष गरेका छन् ।
आज झापामा आयोजित कार्यक्रममा साम्पाङले बालेनप्रति कटाक्ष गरेका हुन् । उनले जेनजी आन्दोलनमा जान युवाहरूलाई उक्साएर आफू चाँही लुकेर बसेको टिप्पणी गरे ।
उनले भने, त्यही मान्छे होइन जेन्जीलाई आन्दोलनमा जान उक्साउने ? अनि आउनुस् न त देश सम्हालौँ भन्दाखेरि फेरि ६ महिना लुकेर बस्ने ? अहिले फेरि प्रधानमन्त्री हुने रे,’ साम्पाङले भने ।
यस्तै साम्पाङले बालेन, रवि लामिछाने, कुलमान घिसिङ विदेशीबाट परिचालीत भएकोप्रति इंगित गर्दै एमसीसीको विरूद्वमा बोलेर देखाउन पनि चुनौती दिए ।
‘बालेनले नो एमसीसी भनेर एउटा कार्यक्रम गरेर देखाओस्, अनि मात्र सोच्नुस् भोट हाल्ने कि नहाल्ने । रवि लामिछानेले नो एमसीसी भनेर देखाओस् । कुलमान घिसिङले नो एमसीसी भनेर देखाओस् । पुरानाले त के भन्थे र, उनीहरूले नै पास गरेको हो, उनीहरू भन्दैनन् !,’ उनले भने ।
उनले बालेनले मिडिया किनेको शंका पनि व्यक्त गरेका छन् । उनले भने, ‘फेसबुकबाट फेरि मिडिया सबै किन्यो कि क्या हो ? हाम्रो यति ठुलो कार्यक्रम हुन्छ, हाम्रो बारेमा त आउँदैन, उनीहरूको चाहिँ आइरहन्छ । विचार के हो त उसको ? ।’









प्रतिक्रिया