२८ असार २०८३, आइतबार

जिल्ला अदालत कास्कीद्वारा पनि रविको मुद्दा फिर्ता लिन अस्वीकार

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की । कास्की जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन अस्वीकार गरेको छ ।

सोमबार लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाई गदै न्यायाधीश नितिश राईको एकल इजलासले तत्काल फिर्ता नहुने आदेश दिएको हो ।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। त्यसकै आधारमा जिल्ला सरकारी वकिलको कार्यालयलाई परिपत्र गरेको थियो।

यसअघि जिल्ला अदालत, रुपन्देहीले पनि उनको मुद्दा फिर्ता लिन अस्वीकार गरिसकेको छ ।