२७ असार २०८३, शनिबार

यस पल्टको चुनाव जलाउने कि बनाउनेहरूको बिचको चुनाव हो : केपी शर्मा ओली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ बिचनको चुनाव भएको बताएका छन् ।

झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले देश जलाउने, बिगार्नेलाई भोट दिन नहुने बताएका हुन् ।

ओलीले भने, ‘यस पल्टको चुनाव जलाउने कि बनाउनेहरूको बिचको चुनाव हो। देश बनाउने, बचाउने कि देश जलाउनेका बिचको चुनाव हो। हामीले जलाउने खालकालाई, बिगार्ने खालकालाई भोट दिनु हुन्न।’

यस्तै उनले सरकारले धिमाल जातिको विकासको बजेट काटेको पनि बताएका छन् ।

यो निर्वाचन केवल प्रतिनिधि छान्ने कुरा मात्र नभइ धिमाल जातिको विकासका लागि बजेट राख्ने र भएका बजेट काट्नेहरू बीचको निर्वाचन भएको उनको भनाइ छ ।