२२ असार २०८३, सोमबार

तारिक रहमानले फेब्रुअरी १७ मा प्रधानमन्त्रीको शपथ लिने, नेपालसहित १३ देशलाई निमन्त्रणा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बंगलादेशको नयाँ सरकारको शपथग्रहण समारोह मंगलबार (फेब्रुअरी १७) साँझ हुने भएको छ ।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख तारिक रहमानले बंगलादेशको प्रधानमन्त्रीको रूपमा शपथ लिनेछन् ।

शपथ ग्रहण समारोह बंगलादेशको अन्तरिम सरकारले आयोजना गर्नेछ ।

मिडिया रिपोर्टका अनुसार अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले १३ देशका सरकार प्रमुखहरूलाई शपथ ग्रहण समारोहमा भाग लिन आमन्त्रित गरेका छन् । आमन्त्रित देशहरूमा नेपालसहित भारत, चीन, साउदी अरेबिया, पाकिस्तान, टर्की, संयुक्त अरब इमिरेट्स, कतार, मलेसिया, ब्रुनाई, श्रीलंका, माल्दिभ्स र भुटान रहेका छन् ।

नवनिर्वाचित सांसदहरूको शपथग्रहणपछि प्रधानमन्त्रीको शपथग्रहण हुनेछ ।