३० जेष्ठ २०८३, शनिबार

महाशिवरात्रिका लागि सिंगारियो पशुपतिनाथ (तस्वीरहरुसहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पशुपति मन्दिर परिसरमा महाशिवरात्रिको तयारी तीव्र पारिएको छ । पशुपति क्षेत्र सजिसजाउ गरेर चिरिच्याट्ट बनाइँदैछ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार आइतबार मनाइने महाशिवरात्रिका अवसरमा भक्तजनलाई सहज रुपमा मन्दिर दर्शनका तयारी गरिएको हो ।

शिवरात्रिका लागि साधु सन्तहरु पशुपति मन्दिर परिसर आइसकेका छन् ।

शिवरात्रिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधु सन्तहरु आउने गर्दछन् । यसरी आउने साधु सन्तलाई शिवरात्री सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने प्रचलन छ ।

शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरु आउने गर्दछन् । शिवरात्रिकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ ।