काठमाडौं । भारतमा जारी टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदैछन् ।
शनिबार पहिलो खेलमा समूह ‘बी’अन्तर्गत आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । आयरल्याण्ड र ओमान दुवैले अहिलेसम्म आफ्ना सुरुका २–२ खेलमा हार बेहोरेका छन् ।
त्यस्तै, आजको दोस्रो खेलमा समूह ‘सी’का इङल्यान्ड र स्कटल्यान्ड भिड्दैछन् । भारतको कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ । जारी विश्वकपमा इङल्यान्ड र स्कटल्यान्ड दुवैले २–२ खेलमा १–१ खेल जितेका छन् भने १–१ खेलमा हार बेहोरेका छन् ।
त्यस्तै, आज हुने तेस्रो खेल समूह ‘डी’का न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । यो खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजेदेखि सुरु हुनेछ ।
न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवैले यसअघि खेलेका २–२ खेलमा नै जित हासिल गरेका छन् ।















प्रतिक्रिया