काठमाडौं । बंगलादेशमा हिजो (बिहीबार) भएको आम चुनावमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत प्राप्त गरेको छ । बीएनपीले बहुमतको आँकडा पार गरेको बंगलादेशी मिडियाहरुले लेखेका छन् ।
मिडिया रिपोर्ट अनुसार बहुमतका लागि १५० सिट आवश्यक रहेकोमा बीएनपीले २९९ सिटमध्ये १६५ सिट जितेको हो ।
बहुमत प्राप्त गरेसँगै पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमानलाई प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ ।
रहमानले दुई सिटमा चुनाव लडे र दुवैमा जित हासिल गरेका छन् ।
रहमान १७ वर्षपछि गत वर्ष बंगलादेश फर्किएका थिए ।










प्रतिक्रिया