काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले सर्वोच्च अदालत पुगेर तारिख बुझेका छन् ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ बा प्रतिनिधिसभा सदस्यको उमेदवार रहेका बालेनले आज सुटुक्क सर्वोच्च पुगेर तारिख बुझेका हुन् ।
उनले आफूविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा तारिख बुझेका छन् । उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेपछि त्यतिबेला मेयर रहेका बालेनले कडा अभिव्यक्ति दिएका थिए ।
सामाजिक सञ्जालमार्फत् छिमेकी मित्रराष्ट्रसँग अदालत र सरकारलाई जोडेर आपत्तिजनक लाञ्छना लगाएको जिकिरसहित अधिवक्ता वर्षा कुमारी झाले अवहेलना मुद्दा दर्ता गरेकी थिइन् ।









प्रतिक्रिया