१९ असार २०८३, शुक्रबार

बंगलादेशमा भएको चुनाव ‘फर्जी’ हो, रद्द गर्नुपर्छ : शेख हसिना

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आज भएको चुनावलाई ‘फर्जी चुनाव’भन्दै यसलाई रद्द गर्न माग गरेकी छिन् ।

एक विज्ञप्ति जारी गर्दै हसिनाले यसलाई ‘मतदाताबिनाको चुनाव, अवैध र असंवैधानिक’ भनेकी हुन् ।

विज्ञप्तिमा हसिनाले यो चुनाव ‘हत्यारा युनुसद्वारा गरिएको बनावटी चुनाव’ भएको टिप्पणी गरिन् ।

हिजो (फेब्रुअरी ११)को साँझदेखि धेरै ठाउँमा मतदान केन्द्रहरू कब्जा गर्ने, गोली चलाउने, पैसा बाँडेर मत किन्ने, मतपत्रमा छाप लगाउने र एजेन्टहरूलाई नतिजा पत्रमा हस्ताक्षर गर्न बाध्य पार्ने जस्ता घटनाहरू भएको हसिनाको दाबी छ ।

हसिनाले आज (फेब्रुअरी १२) बिहानदेखि देशभरका अधिकांश मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति अत्यन्तै कम रहेको र राजधानी ढाका लगायत धेरै ठाउँहरूमा मतदान केन्द्रहरू लगभग खाली रहेको दाबी पनि गरिन् ।