काठमाडौं । मोरङको विराटचोकस्थित नेपालीरिका होटेल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ५०,००,००० कित्ताले हुन आउने ५०,००,००,००० रुपैयाँ रकम बराबरको साधारण शेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
शेयर निष्कासनका लागि नेपालीरिका होटेलको तर्फबाट अध्यक्ष भोलेश्वर दुलाल तथा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।








प्रतिक्रिया