३० आश्विन २०८३, शुक्रबार

टी–२० विश्वकपमा इटालीको पहिलो जित, नेपाल १० विकेटले पराजित

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पहिलोपटक टी–२० विश्वकप खेलेको इटालीले आफ्नो दोस्रो खेलमा पहिलो जित हात पारेको छ ।

इटालीले नेपाललाई १० विकेटले पराजित गरेको हो । नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२.४ ओभरमा पूरा गरेको हो ।

इटालीका लागि मोस्का दाजुभाइले शतकीय साझेदारी खेले । जस्टिन मोस्काले अविजित ६० र एन्थोनी मोस्काले अविजित ६२ रन बनाए ।

मुम्बईको वानखेडे रंगशालामा इटालीले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।

नेपाल १९.३ ओभरमा १२३ रनमा अलआउट भएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १७, रोहित पौडेलले २३ र आसिफ शेखले २० रन बनाएका थिए ।

इटाली यसअघि आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो ।

जारी विश्वकपमा यो नेपालको लगातार दोस्रो हार हो । नेपाल यसअघि इङ्ल्यान्डसँग ४ रनले पराजित भएको थियो ।