काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो पहिलो खुलामुखी सामूहिक लगानी कोषको रूपमा ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक गर्ने भएको छ ।
गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने योजनालाई सार्वजनिक रूपमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ ।
गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक र बैंकको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘गरिमा सुवर्ण योजना’को कुल आकार १ अर्ब रुपैयाँ बराबरको रहेको छ ।
पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको प्रति इकाई १० रुपैयाँको दरले ५ करोड इकाई बिक्रीको लागि सार्वजनिक निष्कासन हुने उक्त योजनामा आवेदकले न्यूनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाइसम्म आवेदन दिन सक्नेछन् ।
गरिमा विकास बैंक कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल योजना व्यवस्थापक रहनेगरी यसअघि सार्वजनिक निष्काशन गरिएको १ अर्ब २५ करोड रुपैयाँ बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘गरिमा समृद्धि योजना’ हाल सञ्चालनमा रहेको छ ।








प्रतिक्रिया