१३ असार २०८३, शनिबार

एनसीपी उम्मेदवार सवार कारमाथि रड प्रहार, ५ जना घाइते

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बंगलादेशको नेशनल सिटिजन पार्टी (एनसीपी) उम्मेदवार अतिकुर रहमानको कारमाथि आक्रमण भएको छ ।

गएराति करिब १०ः३० बजे बंगलादेशको कुरीग्राम सदरको पलाशबारी क्षेत्रमा रहमानको कारमाथि आक्रमण भएको बंगलादेशी सञ्चारमाध्यमहरुले लेखेका छन् ।

आक्रमणमा रहमानका भाइ आशिकसहित पाँच जना घाइते भएका छन् ।

अतिकुरलाई सामान्य चोट लागेपछि रंगपुर मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ ।

अतिकुरले ३५ जनाको समूहले आफू सवार कारमाथि रड र हक्की स्टिकले आक्रमण गरेको दाबी गरेका छन् । साथै, उनले प्रहरीलाई तुरुन्तै जानकारी गराए पनि प्रहरी समयमै नआएको पनि उल्लेख गरेका छन् ।

बंगलादेशमा आम निर्वाचनका लागि आज बिहानबाट मतदान भइरहेको छ ।