काठमाडौं । बंगलादेशका जमात ए इस्लामीका अमिर (प्रमुख) शफिकुर रहमानले आफ्नो पार्टीले जनताको मतबाट सरकार बनाउने विश्वास व्यक्त गरेका छन् ।
आम चुनावको लागि मतदान भइरहेको अवस्थामा उनले निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न भएमा मात्र नतिजा स्वीकार गर्ने बताएका हुन् । साथै, उनले जनताको निर्णय सबैले स्वीकार गर्नुपर्ने पनि बताएको बंगलादेशी सञ्चारमाध्यमहरुले लेखेका छन् ।
यसैबीच, बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का प्रमुख तथा प्रधानमन्त्रीका दाबेदार तारिक रहमानले मतदान गरेका छन् । उनी ढाका–१७ बाट उम्मेदवार छन् ।








प्रतिक्रिया