१३ असार २०८३, शनिबार

पूर्वमुख्यमन्त्री राजकुमार शर्मा नेकपाबाट निष्काशित

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशसभा संसदीय दलका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य शर्मालाई पार्टीबाट निष्कासन गरेको जानकारी दिएको हो ।

कर्णाली प्रदेशसभा दलको कार्यालय, वीरेन्द्रनगरले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै उक्त निर्णयको जानकारी गराएको छ।

प्रमुख सचेतक कृष्णबहादुर जि.सी. द्वारा हस्ताक्षरित पत्रमा शर्माले पार्टीको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरीत कार्य गरेको तथा पार्टीको विधान, २०८२ र कर्णाली प्रदेश संसदीय दलको विधान, २०८२ को प्रतिकूल गतिविधि गरेको उल्लेख गरिएको छ।