२९ आश्विन २०८३, बिहिबार

यस्तो छ ‘लालिमा’को टिजर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार साँझ टिजर ओएसआर युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको हो ।

टिजरमा फिल्मकी शीर्ष नायिका रोशनी कार्की एकल फिचर्ड छन् । उनी कोठाभित्र मानसिक समस्यामा परेर छट्पटाइरहेको दृश्य उक्त टिजरमा देख्न सकिन्छ ।

टिजरमा फिल्मको कथा सस्पेन्स राखिएको छ ।

‘लालिमा’का लेखक तथा निर्देशक रोशन मिराजका अनुसार यो फिल्म तीन हजार यौनकर्मीको अनुभवमा आधारित घटनामा बनेको हो ।

फिल्ममा रोशनीसहित नायकहरु शिशिर वाङ्देल, जीनव भट्टराई, नायिका उषा रजक र सुष्मा निरौलालगायतको अभिनय रहेको छ ।

फेथ आस्थाले निर्माण गरेको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् ।