१९ असार २०८३, शुक्रबार

उच्च पदस्थलाई धम्क्याउने पाठकलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उच्च पदस्थलाई धम्क्याउने प्रकाश पाठकमाथि अनुसन्धान गर्न जिल्ला अदालतले तीन दिनको म्याद दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० भिआइपीलाई धम्क्याएको आरोपमा उनी फिलिपिन्सबाट पक्राउ परेका थिए।

इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएपछि पाठकलाई फिलिपिन्सको ब्यूरो अफ इमिग्रेसन (बीआई) अन्तरगतको फरार अभियुक्त खोजी युनिटले डिसेम्बर ३१ मा मालोलोस सहरबाट पक्राउ गरेको थियो।