काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सञ्चालनमा ल्याएको भर्चुअल क्रेडिट कार्डबारे बैंकको क्रेडिट कार्ड युनिट प्रमुख रिमा राजबंशीसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, राजबंशीसँग गरिएको कुराकानीको सम्पादित अंशः
भर्चुअल क्रेडिट कार्ड भनेको के हो ?
भर्चुअल क्रेडिट कार्ड भनेको भौतिक कार्ड बिना नै डिजिटल माध्यमबाट प्रयोग गर्न सकिने क्रेडिट कार्ड हो । यो कार्ड विशेषगरी अनलाइन किनमेल, डिजिटल भुक्तानी तथा अन्तर्राष्ट्रिय कारोबारका लागि सुरक्षित र प्रभावकारी विकल्प हो ।
यस कार्डको मुख्य विशेषता के–के हुन् ?
यसको प्रमुख विशेषता भनेकै उच्च सुरक्षा हो। कार्ड नम्बर, म्याद र सीभीभी डिजिटल रूपमा सुरक्षित हुन्छ । ग्राहकले आवश्यकता अनुसार सीमित रकम वा निश्चित समयका लागि कार्ड प्रयोग गर्न सक्नुहुन्छ, जसले अनधिकृत कारोबारको जोखिम घटाउँछ ।

भर्चुअल क्रेडिट कार्ड कसका लागि बढी उपयोगी छ ?
अनलाइन किनमेल गर्ने, अन्तर्राष्ट्रिय वेबसाइटबाट सेवा लिने, डिजिटल सब्स्क्रिप्सन प्रयोग गर्ने ग्राहकका लागि यो कार्ड अत्यन्त उपयोगी छ। युवापुस्ता र डिजिटल कारोबारमा सक्रिय ग्राहकहरूका लागि झन् उपयुक्त छ।
सिटिजन्स बैंकले डिजिटल बैंकिङलाई कसरी अगाडि बढाइरहेको छ ?
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड डिजिटल नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै आएको छ । भर्चुअल क्रेडिट कार्ड त्यसैको एक उदाहरण हो । आगामी दिनमा अझ सुरक्षित, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा विस्तार गर्ने हाम्रो योजना छ ।
अन्त्यमा ग्राहकलाई के सन्देश दिन चाहनुहुन्छ ?
डिजिटल युगमा सुरक्षित भुक्तानी अत्यन्त महत्वपूर्ण छ । सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्ड प्रयोग गरी ग्राहकहरूले सजिलो, सुरक्षित र भरपर्दो डिजिटल कारोबारको अनुभव लिन सक्नुहुन्छ ।
















प्रतिक्रिया