काठमाडौं । न्युजिल्यान्डका ओपनरद्वय फिन एलन र टिम सेफर्ट आईसीसी टी–२० विश्वकपको इतिहासमै सबैभन्दा ठूलो साझेदारी गर्ने जोडी बनेका छन् ।
सेफर्ट र एलनले मंगलबार टी–२० विश्वकप २०२६ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध यो कीर्तिमान बनाएका हुन् । भारतको चेन्नाईस्थित चिदरमबरम क्रिकेट रंगशालामा यूएईविरुद्ध १७५ रनको शतकीय साझेदारी गर्दै यसअघि इंग्ल्यान्डका ओपनरद्वय जय बटलर र एलेक्स हेल्सको नाममा रहेको कीर्तिमान तोडेका हुन् । बटलर र हेल्सले यसअघि सन् २०२२ मा आयोजित विश्वकपमा भारतविरुद्ध १७० रनको साझेदारी गर्दै यो कीर्तिमान बनाएका थिए ।
खेलमा टस जितेर ब्याटिङ रोजेको यूनाइटेड अरब इमिरेट्स (यूएई) ले निर्धारित २० ओभरमा ६ विकेट १७३ रनको योगफल खडा गरेको थियो । जसलाई न्युजिल्यान्डले १५.२ ओभरमै भेट्टाएको थियो ।








प्रतिक्रिया