काठमाडौं । जारी टी–२० विश्वकपअन्तर्गत फेब्रुअरी १५ मा भारत र पाकिस्तानबीच खेल हुने पक्का भएको छ ।
पाकिस्तान सरकारले सोमबार राति आफ्नो ट्वीटर (एक्स)मा एक पोस्टमार्फत भारतविरुद्ध खेल हुने पुष्टि गरेको हो ।

पोस्टमा श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफलाई फोन गरेर भारत विरुद्धको खेल खेलाउन अपील गरेको उल्लेख छ ।
बंगलादेशलाई टी–२० विश्वकपबाट बाहिर राखिएको विरोधमा पाकिस्तानले फेब्रुअरी १ मा भारत विरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको थियो ।









प्रतिक्रिया