काठमाडौं । सामसङ नेपालले टी–२० विश्वकप सिजनलाई अझ बढी रमाइलो बनाउनका लागि आफ्ना विभिन्न टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ ।
यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टीभीदेखि एचडी टीभीका मोडेलहरूमा आकर्षक २१ प्रतिशतसम्मको क्यासब्याक तथा ७,००० रुपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराई ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अपग्रेड गर्न उत्तम अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।
फोरके एआई अपस्केलिंग क्वालिटी भएका ८५ इन्चसम्मका ठूलो स्क्रीन र अडप्टिभ साउन्ड फिचरहरुका कारण सामसङ टिभीले हरेक खेललाई अझ स्पष्ट र रोमाञ्चक बनाउदै घरमै स्टेडियमजस्तो अनुभव दिन मद्दत गर्छ । साथै, सामसङ नोक्स सेकुरिटीले स्मार्ट कनेक्टिभिटीलाई सुरक्षित, भरपर्दो र संरक्षणसहित बनाउँछ । यसका साथै, मनोरन्जनको अनुभवलाई अझ राम्रो बनाउन, सामसङले २०२१ देखि २०२५ सम्म उत्पादन भएका टिभीको खरिद गर्दा आफ्ना ग्राहकहरूलाई ३००० रुपैयाँसम्मको निःशुल्क नेटटिभी प्याकेज पनि प्रदान गर्ने कम्पनीले जनाएको छ । क्यूएलईडी र यूएचडी मोडेल किन्दा १२ महिनाको निःशुल्क नेटटिभी सब्स्क्रिप्सन पाइन्छ भने एफएचडी र एचडी मोडेल किन्दा ६ महिनाको निःशुल्क नेटटिभी सब्स्क्रिप्सन पाइन्छ ।









प्रतिक्रिया