२५ असार २०८३, बिहिबार

स्कटल्याण्डले इटालीलाई ७३ रनले हरायो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जारी टी–२० विश्वकप २०२६ मा स्कटल्याण्डले आफ्नो पहिलो जित दर्ता गरेको छ । सोमबार समूह ‘सी’को स्कटल्याण्डले इटालीलाई ७३ रनले पराजित गरेको हो ।

कोलकाताको इडेन गार्डेन स्टेडियममा खेलिएको यो खेलमा इटालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रन बनायो । यो यस विश्वकपमा अहिलेसम्मकै उच्च स्कोर थियो ।

२०८ रनको लक्ष्य पछ्याएको इटाली १६.४ ओभरमा १३४ रन बनाएर अलआउट भयो ।

स्कटल्याण्डको जितमा ओपनर जर्ज मुन्सेले ८४ रन बनाए । ब्रान्डन म्याकमुलेनले अविजित ४१ रन बनाए, र माइकल जोन्सले ३७ रन योगदान दिए ।