काठमाडौं । टी–२० विश्वकप क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विश्वविजेता टोली इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।
इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाउन सक्यो ।
अन्तिम ओभरमा १० रन आवश्यक थियो, तर इंग्ल्यान्डका साम करनले केवल ५ रन दिए ।
नेपाली ब्याटर लोकेश बमले २० बलमा अविजित ३९ रनको विस्फोटक इनिङ खेल्दै खेललाई रोमाञ्चक बनाएका थिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।








प्रतिक्रिया