१३ असार २०८३, शनिबार

नेपालले २ विकेट गुमायो : आसिफ र भुर्तेल पवेलियन फर्किए, ८ ओभरमा नेपालको ७२ रन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याइरहेको नेपालले पावर प्लेमा दुई विकेट गुमाएको छ ।

पावर प्लेको अन्तिम ओभरमा विल ज्याक्सले कुशल भुर्तेललाई आउट गरे । कुशलले १७ बलमा २९ रन बनाए ।

कप्तान रोहित पौडेल क्रिजमा छन् ।

यसअघि नेपालले चौथो ओभरमा आफ्नो पहिलो विकेट गुमाएको थियो । आसिफ शेख ७ रनमा आउट भएका थिए ।

मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले ८ ओभरमा २ विकेट गुमाएर ७२ रन बनाएको छ ।